Logo
Logo

मुसीकोट नगरपालिकाका कर्मचारीलाई नैतिकताकाे प्रशिक्षण


दृष्टि संवाददाता


गुल्मी, ७ फागुन । गुल्मीको मुसीकोट नगरपालिकाको आयोजनामा सत्यनिष्ठा र नैतिकता विषयक प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम वामीटक्सार रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको हो ।

प्रशिक्षणले कर्मचारीका लागि कार्यालय व्यवस्थापन सेवा प्रदान र समय पालनलगायत विषयमा सहयोग पुर्‍याउने सहभागी वक्ताले बताए ।
मुसीकोट नगरपालिकाका कर्मचारी र नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख उक्त प्रशिक्षण कार्यक्रम सहभागी थिए ।

मुसीकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तथा मुख्य प्रशिक्षक खिमानन्द भुसालले सत्यनिष्ठा र यो प्राप्ति गर्ने औजार, गुणलगायत विषयमा प्रशिक्षित गरेका थिए ।

तालिमले कर्मचारीमा कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न महत्त्पूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्