Logo
Logo

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै


दृष्टि संवाददाता


काठमाडौं, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले विराटनगरमा आयोजना गर्ने सभालाई सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । त्यसका लागि उनी आज विराटनगर जाँदैछन् ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवाष नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेपाले जनसभालाई सम्बोधन गर्नेछन् । प्रतिनिधिसभा विघटनपछि नेकपाका दुबै समूहले सभा तथा भेलाहरुलाई तीव्रता दिएका छन् ।

यसअघि ओली समूहको लुम्बिनी प्रदेश कमिटीले फागुन १ गते बुटवलमा सभा आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्