Logo
Logo

विराटनगरमा ओलीविरुद्ध प्रदर्शन


दृष्टि संवाददाता


विराटनगर ८ फागुन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओली विराटनगर एयरपोर्टमा ओलिएपछि विद्यार्थीहरुले उनीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । शनिबार आफ्नो समूहको शक्ति प्रदर्शन र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् ।
प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेपछि पहिलोपटक प्रदेश १ मा आमसभालाई सम्बोधन गर्न लागेका हुन् । आज हुने जनसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य ओली समूहले गरेको छ । प्रधानमन्त्री ओली आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री ओलीको सुरक्षामा चार वटै सुरक्षा निकायलाई परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्