Logo
Logo

प्रदेश प्रमुख झालाई एक सय एक किलोको माला


दृष्टि संवाददाता


जनकपुरधाम, ९ फागुन । प्रदेश २ का नवनियुक्त प्रमुख राजेश झालाई जनकपुरधाममा एक सय एक किलोको मालाले स्वागत गरिएको छ ।

आइतबार कार्यभार सम्हाल्न प्रदेशको अस्थायी राजधानी जनकपुरधाम पुगेका प्रदेश प्रमुख झालाई नेकपा केपी ओली समूहका युवाहरुले विमानस्थलमा एक सय एक किलोको माला लगाइदिएर स्वागत गरिएको हो ।

सपथ लिने बेला दौरा, सुरुवाल र टोपी पहिरिएका झा जनकपुरधाममा कुर्ता, पाइजामा र गम्छामा पुगेका थिए । उनलाई प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाह स्वागतका लागि विमानस्थल गएका थिए ।

प्रदेश प्रमुखको रुपमा आएका झा विमानस्थल हुँदै जानकी मन्दिरमा पुगेर पूजापाठ गरेका छन् । पूजापाठ पश्चात उनी आफ्नो निवास जाने कार्यक्रम छ । प्रदेशका प्रमुख तिलक परियारलाई पदमुक्त गरेर संघीय सरकारले गत शुक्रबार झालाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्