Logo
Logo

वीरगञ्जमा मुख्यमन्त्री राउतले गरे भोजपुरी प्रतिष्ठानको भवन शिलान्यास


दृष्टि संवाददाता


वीरगञ्जको गहवामा निर्माण हुन लागेको भोजपुरी प्रतिष्ठानको भवन शिलान्यास समारोहमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतलगायत

वीरगन्ज, ९ फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ रेल्वेरोडस्थित रात्रि मावि नजिकै निर्माण गर्न लागिएको भोजपुरी प्रतिष्ठान भवनको शिलान्याश गरिएको छ ।

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र महानगर प्रमुुख विजय सरावगीले आइतबार अन्तर्राष्ट्रिय माृतभाषा दिवसको अवसर पारेर र प्रष्ठिानको भवन संयुक्त रुपमा शिलान्याश गरेका हुन् ।

भोजपुरी भाषाको संरक्षण, संवद्र्धन र विकासका लागि वीरगन्ज महानगरपालिकाले भोजपुरी प्रतिष्ठान गठन पनि गरिएको छ । महानगरले प्रष्ठिानको गठनसँगै वीरगन्जमै प्रतिष्ठानको भवन निर्माण पनि थालेको छ।

महानगरपालिकाले उपलब्ध गराएको करिब डेढ कठ्ठा जग्गामा प्रतिष्ठानको सुविधासम्पन्न भवन निर्माण थालिएको हो । यसका लागि महानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरिसकेको नगरप्रमुख सरावगीले जानकारी गराए । प्रतिष्ठानको भवन निर्माणका लागि अपुग आवश्यक रकम प्रदेश सरकारले दिने उनले बताए ।

प्रतिष्ठानका संरक्षकसमेत रहेका सरावगीका अनुसार, प्रतिष्ठानले भोजपुरी भाषाका भीष्मपितामह स्वर्गीय पण्डित दीप नारायण मिश्रको स्मृतिमा नगद १ लाख राशीको पण्डित दिपनारायण मिश्र अन्र्तराष्ट्रिय पुरस्कार हरेक २ वर्ष भित्रमा एक जनालाइ प्रदान गर्नेछ ।

यस्तै हरेक वर्ष नगद ५० हजार राशीको राष्ट्रिय भोजपुरी पुरस्कार र नगद ५१ हजार राशीको भोजपुरी लोकरंग पुरस्कार पनि एक एक जनालाई प्रदान गरिने सरावगीले जानकारी गराए ।

वीरगञ्जको गहवामा निर्माण हुन लागेको भोजपुरी प्रतिष्ठानको भवन शिलान्यास समारोहमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत लगायत

शिलान्याश समारोहमा मुख्यमन्त्री राउतले वीरगन्जमा निर्माण थालिएको भोजपुरी प्रतिष्ठानको भवन निर्माणमा लाग्ने सबै खर्च प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गरे । उनले अहिलेसम्म सरकारी प्राथमिकतामा नपरेका कारण नै भोजपुरी भाषा ओझेलमा परेको बताए ।

भोजपुरी भाषीले हिनताबोध त्यागेर देशी एंव विदेशी मन्चमा आफनै मातृ भाषा भोजपुरीमा आफना धारणा र विचार राख्न सके यो भाषाको विकास र विस्तार कसैले पनि रोक्न नसक्ने उनको भनाइ थियो। भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीले वीरगन्ज भोजपुरी भाषा, साहित्य र संस्कृतिको राजधानी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्