Logo
Logo

औद्योगिक क्षेत्र शिलान्यास गर्न प्रधानमन्त्री कञ्चनपुर जाँदै


दृष्टि संवाददाता


काठमाडौं, १० फागुन । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर जाँदैछन् । प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले शिलान्यासको तयारी रहेको जानकारी दिए । सरकारले यसै साता चार औद्योगिक क्षेत्र शिलान्यास गर्ने तयारी गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।यसैगरी अर्थमन्त्री विष्णु पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।

यसैगरी प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्