Logo
Logo

कंगोमा आतंकवादी आक्रमण, इटालीका राजदूत लुका एटानासियोकाे मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । अफ्रिकी मुलुक डीआर कंगोमा इटालीका राजदूत लुका एटानासियो मारिएका छन् ।

आतंकवादीको आक्रमणमा परेर इटालिएन सेनासहित लुकाको मृत्यु भएको इटालीको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

आक्रमणकारीले सुरुवातमा राष्ट्रसंघको गाडीमा सवार उनीहरुलाई कान्यामाहोरो भन्ने स्थानबाट अपहरण गर्न खोजेको थियो ।

स्थानीय समयअनुसार १० बजेर १५ मिनेटमा अपहरणको प्रयास गरिएको थियो तर अपहरणको प्रयास असफल भएपछि उनीहरुमाथि आक्रमण भएको थियो ।

राजदूत एटानासियो सन् २०१९ मा कंगोका लागि राजदूत नियुक्त भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्