Logo
Logo

तीन दिनपछि निभ्यो आगो


दृष्टि संवाददाता


लमजुङ । लमजुङको एक जङ्गलमा आगलागी भएको तीन दिनमा बल्ल निभेको छ । शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो साेमबार बल्ल निभेकाे हाे ।

शनिबारबाट शुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जङ्गलमा ठूलो आगलागी भएको थियो । जङ्गलमा अचानक लागेको आगलागीको तेस्रो दिन आज नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा आगो निभाइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ ।

आगलागीबाट जङ्गली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ । जङ्गलमा कस्ले लगाएको आगो भनेर पत्ता लागिसकेको छैन । यस जङ्गलमा गत वर्ष पनि आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्