Logo
Logo

वैशाखमा नेपाल सुपर लिग आयोजना हुने


दृष्टि संवाददाता



काठमाडौं । वैशाखमा नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जानकारी दिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ सम्म संचालन हुनेछ । आयोजक नेपाल स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माका अनुसार ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरि ७ शहरको नामको टोली हुनेछन् ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् । टोलीले अक्सनबाट खेलाडी छनोट गर्नेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ ।

कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिईएको बताए ।

प्रतिक्रिया दिनुहोस्