Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सर्वोच्चको फैसला आउँदै गर्दा प्रधानमन्त्री रक्षात्मक बन्दैदेखि मेलम्चीको पानी काठमाडौं आउँदैसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. सर्वोच्च अदालतका प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेटवार्ता, अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफल भएको भनिएपनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामा फैसला हुने दिन नजिकिदै जाँदा भएको भेटलाई अर्थपूर्ण मानिँदै ।

२. प्रतिनिधिसभा विघटनविरुद्धको फैसला आउनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक बन्दै, प्रतिनिधिसभा पुर्नस्थापना भए पनि आफ्नो राजनीति नसकिने प्रधानमन्त्रीको दावी, पुर्नस्थापनापछि मुलुकमा तमासाको राजनीति हुने ओलीको भनाइ, अदालतलाई कुनै धम्की र दबाब नदिएको प्रष्टीकरण ।

३. वर्षौदेखि प्रतीक्षारत मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी, खानेपानी आयोजनाको साढे २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण थालियो, १५ देखि १७ दिनभित्र पानी सुन्दरीजल आइपुग्ने, सम्भावित दूर्घटनालाई ध्यानमा राखेर उद्दारका लागि हेलिकप्टर तयारी अवस्थामा राखियो, सबै परिणाम सकरात्मक देखिए दुई महिना अगावै पानी वितरण गराउन सकिने दावी ।

४. निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ का लागि घोषणा भएको दुई चरणको निर्वाचनको लागि निर्वाचन सामाग्री खरिद प्रक्रिया अघि बढायो, सामग्री खरिद गर्न बोलपत्र आव्हान गरी ७ दिनको सूचना निकाल्ने तयारी, मंगलबार बोलपत्र आह्वानको सूचना गोरखापत्रमा प्रकाशन हुने ।

५. बन्दी प्रत्यक्षीकरणको रिटमा सुुनुवाई गर्दै विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतको आदेश, अदालतबाट बाहिरिएका बास्तोला पुनः प्रहरी नियन्त्रणमा, सरकार र विप्लव समूहबीचको वार्ता प्रभावित हुने संकेत, कुनै शर्त नराखी विप्लवसँग वार्ता गर्न तयार रहेको सरकारको दावी, इमान्दारीपूर्वक सरकार वार्तामा आउनुपर्ने विप्लव पक्षको जोड ।

६. गुमेको नेपाली भूभाग फिर्ता ल्याएर छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, महाकाली नदी नबेचेको स्पष्टीकरण, महाकाली सन्धि बमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको भनाइ, पश्चिम सेती परियोजना नेपालले नै बनाउने प्रधानमन्त्री ओलीको पुनः घोषणा ।

७. किसानले लगाएको उखु सकिन थालेपछि चिनी उद्योगलाई उखु अभाव, उद्योगीले भारतबाट उखु मगाउन थाले, भारतबाट पैसा तिरेर ल्याउँदा नेपाली किसानको भुक्तानी फेरि रोकियो, सरकारले पुनः उद्योगीलाई निर्देशन दिनुपर्ने कृषकको माग ।

८. २ हजार ६ सय ७६ अंकसम्म पुगेको नेप्से सूचक घटेर २ हजार ६ सय को लाइनमा आइपुग्यो, निफ्राको सेयर होल्ड गर्न थाले, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रोफिट बुक गर्दै लगानीकर्ता, हकप्रद निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्ड पुग्यो अपि पावर ।

९. नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने, ‘झापा स्पोर्टस् अवार्ड २०७६’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक, दश वर्ष अघिबाट हेटौंडामा प्रारम्भ भएको शहीद स्मृति गोल्डकप प्रतियोगिता फागुनको अन्तिम साताबाट हेटौंडामा सुरु हुने ।

१०.र, म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन, हजारौं मानिस सहभागी, मेक्सिको वायुसेवाको विमान भेराक्रुज राज्यमा दुर्घटना हुँदा ६ जना सैनिकको मृत्यु, कोरोना भाइरसको संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा राजनीतिक, धार्मिक तथा सामाजिक कार्यक्रम गर्न रोक, इरानको परामाणु केन्द्रमा राष्ट्र संघका प्रतिनिधिलाई ‘आकस्मिक अनुगमन’ गर्न प्रतिबन्ध ।

 

प्रतिक्रिया दिनुहोस्