Logo
Logo

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना


दृष्टि संवाददाता



काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली गएका डा. भट्टराई आज बिहान ९ बजेदेखि दिल्लीस्थित यकृत एवम् पित्त विज्ञान संस्थान (आईएलबीएस) अस्पतालमा भर्ना भएका हुन् ।

आज दिनभर अस्पतालमा राखेर आवश्यक सबै परीक्षण गरिने उनका सहयोगी एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।

लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित डा. भट्टराई स्वास्थ्य उपचार गर्न गत आइतबार दिल्ली गएका थिए । यसअघि उनले काठमाडौंमै परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्