Logo
Logo

रवि लामिछाने अब नयाँ टेलिभिजनमा, ‘ग्यालेक्सी फोरके’ शुभारम्भको घोषणा


दृष्टि संवाददाता


काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको संलग्नता रहेको नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको बताइएको छ ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गर्दै आएका उनले नयाँ टेलेभिजन खोल्नकै लागि भनेर हालै सो संस्थाबाट उनी बाहिरिएका थिए । टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने उद्घाटन समारोहमा लामिछानेले बताएका छन् । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले कार्यक्रममा भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्