Logo

मेलम्ची डुबाउने सचिव कारबाहीमा, मन्त्रालयबाट हटाइए


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ७ फागुन ।
मेलम्ची खानेपानी आयोजनामा चलखेल गर्ने खानेपानी सचिव गजेन्द्र ठाकुर कारबाहीमा परेका छन् । उनलाई जिम्मेवारीबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकलले ठाकुरलाई खानेपानी व्यवस्थापनमा ‘असक्षम’ रहेको भन्दै हटाउने निर्णय गरेको हो।


मन्त्रिपरिषद स्रोतका अनुसार चलिरहेका खानेपानी आयोजना सन्तोषजनक ढंगले बढाउन नसकेकाले ठाकुरलाई हटाइएको हो। ठाकुरलाई हटाइए पनि उनको ठाउँमा कसलाई पठाउने निर्णय भएको छैन। उनले इटालियन कम्पनी सिएमसीसँग धेरै घुस मागेकाले सो कम्पनीले काम गर्न नचाहेको बताइएको छ । सचिव ठाकुरलाई जगेडामा राखिएको छ ।
ठेकेदार कम्पनी सिएमसी भागेर मेलम्ची अन्योलमा परेसँगै मन्त्री बिना मगर र सचिव ठाकुरबीच मनमुटाव बढेको थियो। मन्त्री मगर आफैंले सचिव हटाउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतको भनाइ छ। सुरुमा मन्त्री मगरले ठाकुरलाई हटाएकोमा केही सातामै उनी फेरि मन्त्रालयमै फर्किएका थिए । उनी अहिलेका सचिवहरुमध्ये सबैभन्दा भ्रष्ट सचिवका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्