Logo
Logo

अदालतको फैसलाले मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलियो : महेश बस्नेत


दृष्टि संवाददाता


काठमाडौंँ । नेकपा ओली समूहका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला पछि मुलुक राजनीतिक अस्थिरता तर्फ जाने सम्भावना बढेको बताएका छन् ।

दृष्टि न्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता बस्नेतले ‘मुलुक चाहिँ अस्थिरतातर्फ जाने सम्भावना बढेको भएपनि सर्वोच्च अदालतको फैसलाको सम्मान गर्नुपर्छ ’ ।

नेता बस्नेतले अब विभाजित नेकपालाई एकता गराउनेतिर लाग्नु राम्रो हुने उनले बताए । ‘विभाजित नेकपा भित्रको एकता प्रक्रियालाई जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला’, बस्नेतले भने ।

संसद् पुनर्स्थापनाले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको हातमा राजनीतिक खेल भएको उनको भनाइ छ । तर, २०५२ देखि ०६२ सम्मको राजनीतिक विकृति दोहोरिन दिन नहुने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्