Logo
Logo

सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले लड्डु खुवाएर बाँडे खुसी


दृष्टि संवाददाता


काठमाडौंँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाएका छन् ।

सर्वोच्च अदालतले मगलबार संसद पुन:स्थापना गर्ने आदेश सुनाएसँगै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले एक अर्कालाई लड्डु खुवाएर खुसी साटेका हुन् । अदालतको आदेशबारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लड्डु खुवाएका हुन् ।

उनीहरुले कार्यकर्तालाई पनि संसद पुनस्र्थापना भएकोमा बधाई दिएका छन् । बुधबार हुने भनिएको कार्यक्रम अब विजयसभामा परिणत हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्