Logo
Logo

राजनीति जे सुकै भएपनि भूमि आयोगको काम रोकिँदैनः मन्त्री तुम्बाहाङ्फे


दृष्टि संवाददाता


जनकपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले राजनीतिक वातावरण फरक भए पनि भूमि आयोगको काम नरोकिने बताएकी छन् ।

जनकपुरमा भूमि समस्या समाधान आयोगले आयोजना गरेको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै मन्त्री तुम्बाहाङ्फेले संवैधानिकरुपमा नै गठन भएको आयोगका काम नरोकिने बताएकी हुन् ।

‘संवैधानिक, कानूनीरुपले गठन भएकाले आयोगले काम सम्पन्न गर्नेतिर लाग्नुहोला, राजनीतिक वातावरण फरक भए पनि प्रभावित नहुनुस्,’ उनले आयोगका पदाधिकारीलाई भनिन्, ‘विगतमा पनि अस्थिरताले काम पूरा नभइ आयोग विघटन भएका छन्, तपाईंहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुहोला ।’

फरक राजनीतिक परिस्थितिका कारण प्रदेश २ का मुख्यमन्त्री र भूमि व्यवस्था मन्त्री कार्यक्रममा नआएकोमा पनि मन्त्री तुम्बाहाङ्फेले असन्तुष्टि प्रकट गरिन् । उनले भूमि समस्या एउटा राजनीतिक दलको मात्र समस्या नभएको बताउँदै सबैको साझा समस्याकोरुपमा बुझिदिन आग्रह गरिन् ।

मन्त्री तुम्बाहाङ्फले जग्गा पाउने खोलमा वन मासेर जबर्जस्ती छाप्रा बनाउने गरिएको बताउँदै त्यस्ता घर टहरा हटाउन वन कार्यालय र प्रशासनलाई निर्देशन दिइन् ।

उनले आयोगले काम गरेपछि फर्जी अंशबण्डा गरेको भनेर जानकारीमा आएकाले त्यस्तो झुटो विवरण लेखाएको अवस्थामा बदर हुने स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्