Logo
Logo

औषधि व्यवस्था विभागका अधिकृत घुससहित पक्राउ


दृष्टि संवाददाता


विराटनगर । औषधि ब्यवस्था विभाग कार्यालय, विराटनगरका मेडिकल सुपर भाइजर घुससहित रंगेहात पक्राउ परेका छन् ।

विहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेशको कार्यालय इटहरीले मेडिकल सुपर भाइजर सरोज सुवेदीलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।

टोलीले विराटनगर–३ स्थित एक होटलबाट केहीबेरअघि उनलाई २ लाख घुस सहित पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले घुस लिएको अख्तियारको टोलीले जनाकारी दिएको छ ।

औषधि ब्यवस्था विभाग कार्यालय, विराटनगरका मेडकल सुपर भाइजर घुससहित रंगेहात पक्राउ परेका छन् ।

विहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेशको कार्यालय इटहरीले मेडिकल सुपर भाइजर सरोज सुवेदीलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।

टोलीले विराटनगर–३ स्थित एक होटलबाट उनलाई २ लाख घुस सहित पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले घुस लिएको अख्तियारको टोलीले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्