Logo
Logo

फिल्म ‘कबड्डी’: चौथो सिरिजको घोषणा


दृष्टि संवाददाता



काठमाडौं । नेपाली चलचित्रको एउटा पछिल्लो ब्राण्ड नाम हो फिल्म ‘कबड्डी’ । यो चलचित्रले नेपाली दर्शकको मन मात्रै जितेन । अबको फिल्म यस्तो बन्नुपर्छ भन्ने ट्रेन्ड नै बस्यो । यसपछिका चलचित्रहरु प्रायजसो यहि चलचित्रकै पेरिफेरिमा कथा, पात्र र परिवेश शैलीका फिल्महरु पनि निर्माण हुँदै आएका छन् ।

गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाएपनि फिल्म चर्चामा रहे । निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको कतिपयले त प्रतिक्रिया नै दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको स्विकार पनि गरे ।

उनले, चलचित्रको चौथो सिरिज कहिले बन्छ भनेर भन्न नसकिने बताएका थिए । तर, यसको निर्माणपक्षले ‘कबड्डी ३’ रिलिज भएको करिब डेढ बर्षपछि यसको चौथो सिरिजको घोषणा भएको छ ।

चलचित्र निर्माण हुने घोषणा मात्र गरेको र चलचित्रको कथाको काम लगभग सकिएको छ । वैशाखदेखि छायांकन सुरु हुने निर्देशक रामबाबु गुरुङले दृष्टि न्युजलाई बताए ।

यसपटक भने कथाको अन्त्य गर्ने तयारी गरिएको निर्देशक गुरुङको भनाई छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुने निर्देशक गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्