Logo
Logo

जान्हबीको गर्जियस लुक्स


दृष्टि संवाददाता


मुम्बई – अभिनेत्री जान्हबी कपुर बलिउडमा बेला-बेलामा चर्चामा आउने गर्छिन् । प्राय उनी लुक्सका कारण चर्चामा आउने गरेकी छिन् । सामाजिक सञ्जालमा उनी चर्चा योग्य तस्बिर सार्वजनिक गर्ने गर्छिन् ।

सामाजिक सञ्जालमा उनले गर्जियस लुक्सको तस्बिर सार्वजनिक गरेकी छिन् । जुन भाइरल भएको छ । तस्बिरमा उनी निकै हट देखिएकी छन् । तस्बिरमा उनी सिल्वर कलरको शिमरी टपका साथ पिंक कलरको ट्राउजरमा देखिएकी छन् । यो गेटअपमा उनलाई सुहाएको पनि छ । उनको यो लुक्सको फ्यान तारिफ समेत बर्साएका छन् ।

उनी पछिल्लो समय नेटफ्लिक्समा रिलिज फिल्म ‘गुन्जन सक्सेना-द कारगिल गर्ल’मा देखिएकी थिइन् । अहिले उनी आफ्नो आउँदो फिल्म ‘रुही’को प्रमोशनमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्