Logo
Logo

वागमती प्रदेश सरकारका पाँच जिल्लाका लागि एम्बुलेन्स हस्तान्तरण


दृष्टि संवाददाता


हेटौँडा । वागमती प्रदेश सरकारले प्रदेशका ५ जिल्लाका अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले ‘ख’ वर्गको एम्बुलेन्स मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली, सिन्धुपाल्चोकको चौतारा, धादिङको धादिङबेसी र सिन्धुलीको सिन्धुली माडी अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई प्रदेशको सामाजिक विकास मन्त्रालयको तर्फबाट खरिद गरिएका ‘ख’ वर्गका एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

५ वटा ‘ख’ वर्गको एम्बुलेन्स सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत एक करोड ८६ लाख ७५ हजार रुपैयाँको लागतमा खरिद गरी हस्तान्तरण गरिएको वाग्मती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

प्रत्येक एम्बुलेन्स २९ लाख २० हजार रुपैयाँमा खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्