Logo
Logo

एसपी र एसएसपीको सरुवा र पदस्थापनको तयारी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ पुस ।
नेपाल प्रहरीका १३ एसएसपी र २६ एसपीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार दज्र्यानी चिन्हद्वारा लगाइदिएका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहितप्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागिएक ढिक्का भएर काम गर्नुपर्ने बताए । राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधि विरुद्ध कानुनी कारवाही गर्न प्रहरी कर्मचारीहरु अझै एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।


प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने “उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस ।” संगठनलाई पुर्यामएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाएको उनले चर्चा गरेका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी धिकृतहरुकोतर्फबाटमन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले पदोन्नतिलेआफूहरुमा थप उर्जा संचार भएको उल्लेख गर्दै सामुहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पुरा गर्न दृढ संकल्पित भई काम गर्नेप्रतिबद्धता व्यक्त गरे ।
विगतमा झै यसपटकको बढुवा पनि व्यापक विवादमा तानिएको थियो । खासगरी एसपी बढुवामा व्यापक चलखेल भएको छ ।
बढुवाका भएका प्रहरीको पदस्थापन भने भएको छैन । उनीहरुको पदस्थापनसहित केही प्रहरी अधिकारीको सरुवाको तयारी तयारी प्रहरी प्रधान कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्