Logo
Logo

मोदीले लगाए आफ्नै देशमा उत्पादन गरेको कोरोनाविरुद्धको खोप


दृष्टि संवाददाता



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहान कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । मोदीले एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड-१९ बाट मुक्त बनाऔं ।’ मोदीले भारतका डाक्टर र वैज्ञानिकहरुले कोभिड-१९ विरुद्धको लडाइँलाई मजबुत बनाउन तीव्र रुपमा काम गरिरहेको भन्दै प्रशंसा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्