Logo
Logo

ट्रम्पले भने- नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउस छोडेपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन। सो कार्यक्रमा ट्रम्पले नयाँ पार्टी नखोल्ने घोषणा समेत गरेका छन् । कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) कार्यक्रमलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले सो कुरा बताएका हुन् ।

बीबीसीका अनुसार ट्रम्पले नयाँ पार्टी खोल्ने अड्कलबाजी भइरहेको बेला उनले त्यसलाई गलत खबर उल्लेख गरेको छ । ‘नयाँ पार्टी बनाउँदा हाम्रो भोट बाँडिन्छ र हामीले कहिल्यै जित्न सक्दैनौं ।’ उनले भनेका छन् ।

कार्यक्रममा उनले अमेरिकी नयाँ राष्ट्रपति जो बाइडनको पनि आलोचना गरे । बाइडन आएपछि ‘अमेरिका फर्स्ट’को नीति ‘अमेरिका लास्ट’मा पुगेको ट्रम्पको भनाई छ ।

हरेक बर्ष हुने सीपीएसी कन्फ्रेन्समा अमेरिकाभरका रुढिवादी नेताहरुले भाग लिने गर्दछन् । फ्लोरिडामा आयोजित पछिल्लो कन्फ्रेन्सलाई टेक्सासबाट सिनेटर चुनिएका टेड क्रूज, ट्रम्पको छोरा ट्रम्प जुनियरले पनि सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्