Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्रीको चुनौतीदेखि पेट्रोलियम पदार्थको पुनः मूल्यवृद्धिसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३का लागि आह्वान, बैठक अपराह्न चार बजे बस्ने, सरकारको सिफारिसमा अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

२. नेकपाका असन्तुष्ट नेताहरुलाई असन्तुष्ट भए संसदीय दलको नेता फेरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सुझाव, देश योजनाबद्ध रूपमा अघि बढेको दावी गर्दै अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रचण्ड–माधव समूहलाई चुनौती, आफूमाथि भौतिक आक्रमण हुन सक्ने प्रधानमन्त्री ओलीको भय ।

३. नेकपाको वैधानिकता र चिन्ह् आफूहरूले नै पाउने नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालको दावी, सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओली नराम्ररी पछारिएको भनाइ, निर्वाचन आयोगको सेटिङ भत्किदै गएको तर्क ।

४. प्रतिनिधिसभाको बैठकको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने प्रचण्ड–माधव समूहको तयारी, कांग्रेस र राजपा पर्ख र हेरको स्थितिमा रहँदा प्रचण्ड–माधव समूह संयुक्त रूपमा छलफल गरेर अघि बढ्ने रणनीतिमा ।

५. चीनद्वारा नेपाललाई कोभिड–१९ विरुद्ध थप आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा, यसअघि घोषणा गरिएको पाँच लाख डोज खोपसहित अब नेपालले चीनबाट १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्ने नेपालस्थित चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख ।

६. नेपालको भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग गर्न नदिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रतिबद्धता, छिमेकीबाट पनि त्यही अपेक्षा गरिएको भनाइ, चीनसँग विगतमा भएको हिमालपार पारवहन सम्झौताले नयाँ आर्थिक सम्भावनाको खोजी गर्ने विश्वास, अध्यक्षको हैसियतले सार्क राष्ट्रबीच विश्वासको सम्बन्ध स्थापना गर्ने ज्ञवालीको दावी ।

७. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताको छानबिन गर्न समिति गठन, प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशीको संयोजकत्वमा वीर अस्पतालका उपसचिव दिपक घिमिरे, स् मन्त्रालयका शाखा अधिकृत दिपक रिजाल र ट्रमाका शाखा अधिकृत जुना खड्का खत्री सदस्य रहने गरी ४ सदस्यीय समिति गठन ।

८. नेपाल आयाल निगमद्वारा पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २÷२ रुपैयाँ वृद्धि, नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ कायम, पाँच दिनपछि शेयर बजार हरियो, साताको कारोवारको दोस्रो दिन शेयर बजारमा ४० अंकको उछाल, चन्द्रागिरी हिल्सको शेयर मूल्य ४१ रुपैयाँले बढ्यो, सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड, अधिकतम ५ सय कित्तासम्म पाए, सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्दै, ब्याजदर बोलकबोलबाट तय हुने ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटोको अपराजित यात्रा कायमै, भगवती क्लबविरुद्ध भने संघर्षपूर्ण जीत, आरसिटीद्वारा टुसाल युथ क्लब एकका विरुद्ध शुन्य गोल अन्तरले पराजित, पोखरा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा निर्माणाधिन रंगशालाको निरीक्षण, बजेटको कुनै कमि हुन नदिन प्रतिबद्धता, काठमाडौं महानगरपालिकाको सहयोगमा फागुन २२ गतेदेखि २९ गतेसम्म क्यानले पुरुषको काठमाडौं मेयर कप आयोजना गर्दै ।

१०.र, म्यानमारमा सैन्य ‘कु’ गरेपछि फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक, भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको वकिलद्वारा जानकारी, प्रहरी दमनमा १८ जना मारिएपछि झनै चर्कियो म्यानमार प्रदर्शन, दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनद्वारा ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न जापानसँग वार्तामा बस्न तयार रहेको भनाइ ।

प्रतिक्रिया दिनुहोस्