Logo
Logo

पूर्वप्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किँदै


दृष्टि संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्किदै छन् ।

स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका डा. भट्टराई स्वास्थ्य परीक्षण पूरा भएपछि आज फर्किने भएका हुन् ।

भट्टराई नेपाल वायु सेवा निगमको विमानमार्फत नेपाल फर्किने उनको सचिवालयले जनाएको छ । भट्टराईको यही फागुन ९ गते नयाँ दिल्ली गएका थिए ।

न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा परीक्षणका लागि नयाँ दिल्ली पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुईरतीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्