Logo
Logo

एकीकृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज पूर्व जाँदै


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आज सन्थाल जातिको एकीकृत बस्ती शिलान्यास गर्न मोरङ जाँदै छन् । सहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण हुने भएपछि उक्त बस्तको शिल्यान्यासका लागि ओली जाँदै छन् ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका अनुसार उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको किनारमा सन्थाल एकीकृत बस्ती विकास गर्ने सम्पूर्ण तयारी भइसकेको छ ।

उक्त एकीकृत सन्थाल बस्ती निर्माणको लागि मास्टर प्लान तयार भइसकेको उनले जानकारी दिए । रातोहोली खोल्सीको किनारमा २६ उराव र १०६ सन्थाल जातिको गरी कूल १३२ वटा घर निर्माण गर्न लागेको हो । पूरै बस्ती निर्माणका लागि ३० करोड रकम खर्च हुने अनुमान गरिएको छ ।

एकीकृत बस्ती विकास सन्बन्धी कार्यविधि २०७५ अनुसार सन्थाल बस्तीको निर्माण स्थानीय प्रविधि, सिप र सामाग्री प्रयोग गरी गरिने छ । प्रत्येक परिवारका लागि कम्तीमा २ सयन कोठा, एक भान्सा कोठा र एक शौचालयको व्यवस्था गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्