Logo
Logo

विना निर्णय टुंगियो नेकपा सचिवालय बैठक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपाको सचिवालय बैठक कुनै निर्णयविना टुंगिएको छ । दुई अध्यक्षबीच एकमत हुन नसक्दा बैठकले कुनै निर्णय गर्न सकेको हो ।
सचिवालय बैठक बस्नुअघि दुवै अध्यक्षले कार्यदलका सबै सदस्यहरुको राय बुझेका थिए । कार्यदलका प्रमुख रामबहादुर थापा बादलले लिखित रुपमै आफ्नो प्रतिवेदन बुझाए । तर, प्रस्तावसहित कार्यदलले एक साताको समय माग गरेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि शुक्रबार बस्ने बैठकले कार्यदलबारे टुंगो लगाउने बताएका छन् । सचिवालयको बैठकमा भने अध्यक्ष केपी ओलीले नै कार्यदल विघटन गर्ने प्रस्ताव राखेपछि विवाद उत्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्