Logo
Logo

मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने


दृष्टि संवाददाता


मोरङ । मोरङमा फागुन २३ देखि तेस्रो चरणको कोरोना खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा ५५ वर्ष उमेरमाथिका सम्पूर्ण तथा सामुदायिक तथा निजी विद्यालयका छुट शिक्षकलाई खोप लगाइने जानकारी दिइएको हो ।

तेस्रो चरणअन्तर्गत एक लाख ३५ हजार ४३९ लाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा सुरेश मेहताले बताए । उनले खोप पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिँदै कोरोना भाइरस फैलिन नदिने तथा नियन्त्रणका लागि खोप आवश्यक रहेको बताए ।

खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ । खोपका लागि आवश्यक दक्षता प्रदान गर्न फागुन २० देखि २२ गतेसम्म भ्याक्सिनेटरलाई तालीमको व्यवस्था गरिने भएको छ ।

खोप लगाउने कार्यको सफल कार्यान्वयनका लागि जिल्लास्थित पालिका, वडा तथा महिला स्वयंसेविकाको बैठक बस्ने भएको छ । जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १ सय ९३ लाई खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्