Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : विप्लवसँग वार्ता गर्न सरकारले समिति बनाएकोदेखि नेप्सेमा ६० अंकको पहिरो गएकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको दुई वर्षपछि सरकारद्वारा वार्ताको प्रयास, गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति गठन, चन्द समूहबाट ‘प्रकाण्ड’ बने संयोजक, बहुलवादमा आधारित इमान्दार वार्ता गर्न कांग्रेसको सरकारसँग अपिल ।

२. आफूलाई सत्ताबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती, आउँदो चुनावमा दुई तिहाइ ल्याएर सिंहदरबार फर्किने दावी, अदालतले प्रतिनिधिसभा ब्युँताएर केही नबिग्रिएको प्रधानमन्त्री ओलीको तर्क, २३ फागुनका लागि बोलाइसकेको प्रतिनिधिसभाको अधिवेशन राम्ररी चलाएर अगाडि बढ्न आफ्नो भूमिका सकारात्मक हुने भनाइ ।

३. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुर्गा प्रसाइको नेतृतवमा झापामा खुलेको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा, प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसले जनायो आपत्ति, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप गर्दै राजनीतिक दबाब सिर्जना गर्न खोजेको कांग्रेसको आरोप ।

४. संसारभरिकै प्रचलन विपरित प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा बसिरहेको नेकपा प्रंचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालको आरोप, सर्वोच्च अदालतले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि पनि ओलीले राजीनामा नदिएको भन्दै आक्रोशित, घुमाउरो पारामा एमसीसीको समर्थन ।

५. सरकारले सुरु ग¥यो थप १० लाख खोप खरिद गर्ने प्रक्रिया, हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी ।

६. प्रतिनिधिसभाको बैठक फागुन २३का लागि तय, संसद सचिवालयका कर्मचारी बैठक सञ्चालनको तयारीमा ब्यस्त, बैठकलाई सहज ढंगले अघि बढाउन सभामुख अग्नि सापकोटाले बुधबारबाट दलहरूसँग छलफल गर्ने ।

७. सर्वोच्च अदालतद्वारा काठमाडौंको बालाजुमा सडक विस्तारका क्रममा विरोध प्रदर्शन गरेको आरोपमा पक्राउ परेका स्थानीयवासीलाई थुनामुक्त गर्न आदेश जारी, न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले बिना आधार पक्राउ गरी अनुसन्धानका लागि भनी पक्राउ गर्न नमिल्ने भन्दै छाड्न निर्देशन ।

८. मंगलबार शेयर बजारमा फेरि गयो ६० अंकको पहिरो, कारोबार रकम ६ अर्बकै वरिपरि, निफ्राको कारोबार घट्यो, सुन बिक्री गरेर चाँदी खरिद गर्दा सुनको मूल्य ओरालो लाग्यो, ७ महिनामा नै तोलामा साढे १६ हजार घट्यो ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारीद्वारा पुल्चोक स्पोर्टस् क्लव दुईका विरुद्ध शून्य गोल अन्तरले पराजित, कुमारी क्लवमाथि मध्यपुर थिमिको पुनरागमन जीत, कुमारी दुईका विरुद्ध एक गोल अन्तरले पराजित, काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक, उद्घाटनमा आर्मी र एपीएफ भिड्ने ।

१०.र, शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा,नाइजेरियामा एक हप्तादेखि अपहरणमा परेका ३ सय विद्यार्थी अपहरणमुक्त,शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिए ।

प्रतिक्रिया दिनुहोस्