Logo
Logo

एसपी र डिएसपीको सरुवा, रामेछापमा भट्टराई, जनसेवामा खतिवडा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ फागुन ।
प्रहरी प्रधान कार्यालयले एसपीको पदस्थापन तथा सरुवा गरेको छ । साथै केही डिएसपीहरुको काज सरुवा समेत गरेको छ ।
डिएसपीको सरुवा अनुसार जनसेवा वृत्तमा बासुदेव खतिवडाको सरुवा भएको छ । रामेछापमा डिएसपी सन्तोष भट्टराईलाई पठाइएको छ ।
त्यस्तै बुधबार बढुवा भएका एसपीहरुको पनि पदस्थापन भएको छ भने केही एसपीहरुको सरुवा समेत भएको छ ।


एसपी रमेश थापाको इन्टरपोल शाखा, हिरा पाण्डेको अपराध अनुसन्धान विभाग, श्यामकृष्ण अधिकारीको मानव अधिकार अनुगमन इकाई, नान्ती गुरुङको प्रहरी एकेडेमी, रबिन्द्र रेग्मीको प्रदेश कार्यालय सुर्खेत, कृष्ण प्रसाईको लागूऔषध नियन्त्रण ब्यूरोमा पदस्थापन भएको छ ।
मेख खत्रीको प्रदेश कार्यालय दिपायल, बिनोद सिलवालको अअ विभाग, भिम दाहालको साइबर ब्यूरो, प्रकाश रानाभाटको महानगरीय प्रहरी कार्यालय, विमलराज कँडेलको बिशेष सुरक्षा महाशाखा, कमल थापाको बिशेष ब्युरो, जनार्दन जिसीको कानून शाखा, कष्ण कोइरालाको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल, सन्तोष खड्काको प्रदेश प्रहरी कार्यालय जनकपुर, दानबहादुर मल्लको सुरक्षा सेवा निर्देशनालयमा सरुवा भएको छ ।
रञ्जु सिग्देलको बैदेशिक समन्वय महाशाखा, अनुपम शमशेर जबराको मानव बेचबिखन अनुसन्धान ब्यूरो, श्याम महतोको महानगरीय प्रहरी कार्यालय, कृष्ण पंगेनी र हेम थापाको अख्तियार, अजय केसीको साइबर ब्यूरो, नवराज अधिकारीको सुरक्षा सेवा निर्देशनालय तथा बीरबहादुर बुढामगरको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा पदस्थापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्