Logo
Logo

आलमलाई छुटाउन प्रयास गरिरहेको छुः सभापति देउवा


दृष्टि संवाददाता


रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई छुटाउन प्रयास गरिरहेको बताएका छन् ।

बुधबार रौतहटको गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिकामा आयोजित कार्यक्रममा सभापति देउवाले आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले अदालती प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताउएका हुन् ।

इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्