Logo
Logo

दुर्घटनामा घाइते सांसदको निधन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
दुर्घटनामा घाइते भएका दाङ प्रदेश नम्बर ३ ख का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । ओली गत माघ २४ गते दाङको लमही घोराही सडकखण्डमा दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनलाई प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।

सोही अस्पतालमै उपचारको क्रममा उनको शुक्रबार बिहान निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए । ओली नेकपाका तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । ओलीको शवलाई हेलिकोप्टरबाट दाङ लैजाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्