Logo
Logo

नेकपाको कार्यदल भंग, सचिवालयलाई अधिकार


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालयल बैठकले पार्टीको सांगठानिक एकताका लागि सिफारिस गर्न गठन गरेको कार्यदल भंग गरेको छ । सचिवालयको आज बिहान बालुवाटारमा बसेको बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको हो ।


सचिवालय सदस्य नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकताको बाँकी काम सचिवालयले गर्नेछ । सचिवालयको त्यससम्बन्धि निर्णयलाई स्थायी समितिबाट अनुमोदन गराउने निर्णय भएको छ । सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा पुस १२ गते कार्यदल गठन भएको थियो ।
तर, कार्यदलको अपुरो प्रतिवेदन विवादमा परेको थियो । पार्टी एकताको एक वर्ष हुन लाग्दा पनि भातृ संगठनहरुको एकता हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्