Logo
Logo

सैनिक ‘कु’विरुद्ध आन्दोलनः एकैदिन ३८ को मृत्यु (हेर्नुस् धरपकडको भिडियो)


दृष्टि संवाददाता



काठमाडौं । म्यानमारमा एकैदिन ३८ जना प्रर्दशनकारी (नागरिक) मारिएका छन् । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका हुन् ।

बीबीसीका अनुसार सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० बढी प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको हो ।

सैनिक ‘कू’को विरोधमा म्यानमारमा दिनहुँजसो ठूला प्रदर्शन हुँदै आएका छन् । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल घोषणा गरेको थियो । सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएको छ ।

 

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्