Logo
Logo

राष्ट्रसंघको उच्च पदमा डिएसपी बसुन्धरा खड्का


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० फागुन ।
नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन भएकी थिइन् । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उनी छनोट भएकी हुन् ।


पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् । इटालीमा उनी ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्ने छिन् । विश्वभरीका प्रहरीबाट उनी सो पदका लागि छनोट भएकी हुन् । यसअघि राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमता र अन्र्तवार्ताका आधारमा उनी सो पदमा छनोट भएकी हुन् ।
डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्छिन् । उनका श्रीमान दिलिप घिमिरे पनि नेपाल प्रहरीमा डिएसपी छन् ।

प्रतिक्रिया दिनुहोस्