Logo
Logo

अमेरिकी संसद् भवनमा आक्रमण हुनसक्ने चेतावनी, तल्लो सदनको बैठक स्थगन


दृष्टि संवाददाता


एजेन्सी । संसद् भवनमा एक समूहले आक्रमण गर्न सक्ने सम्भावना रहेको भन्ने सूचना पाएपछि अमेरिकाको तल्लो सदन अर्थात् हाउस अफ रिप्रेजेन्टेटिभ्सको आज (बिहीबार) बस्ने बैठक स्थगन गरिएको छ ।

वासिङ्टन पोस्टका अनुसार एक आक्रामणकारी समूहले अमेरिकी संसद् भवन क्यापिटल हिलमा पुनः आक्रमणगर्ने चेतावनी त्यहाँको प्रहरीलाई दिएको हो ।

सूचना लगत्तै सुरक्षा व्यवस्था कडा पारिएकाे छ। सुरक्षाका कारण अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाको कारवाही आजकाे लागि बन्द गरिएको छ । तर, सिनेटको काम कारवाही भने निरन्तर हुने जनाइएको छ । मार्च ४ को दिनमा यसअघि अमेरिकी राष्ट्रपतिले कार्यभार सुरु गर्ने दिनको रुपमा लिइन्थ्यो ।

यसअघि गत जनवरीमा पनि अमेरिकी संसद् भवनमा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको थियो। जो वाइडेनको चुनावी जितलाई प्रमाणीकरण गर्न सांसदबीच छलफल भइरहेका बेला उक्त आक्रमण भएकाे हाे।

त्यही घटनाका कारण ट्रम्पविरुद्ध महाभियोगसमेत लगाइएको थियो। तर माथिल्लो सदन सिनेटबाट पारित भने हुन सकेन।

प्रतिक्रिया दिनुहोस्