Logo
Logo

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आरसिटी बराबरीमा रोकियाे


दृष्टि संवाददाता


काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटी बराबरीमा रोकिएको छ ।

बिहीबार भएको खेलमा आरसिटीले श्री कुमारी क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसिटी बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको २२ औं मिनेटमा युवराज राईले गोल गर्दै श्री कुमारीलाई १–१ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसंगै आरसिटीले ९ खेलमा १३ अंक जोडेको छ । आरसिटी लिगको पाँचौं स्थानमा रहेको छ । श्री कुमारी ९ खेलमा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यसअघि बिहीबार नै भएको अर्को खेलमा श्री भगवती क्लबले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो । श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गरे । श्री भगवतीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले एक–एक गोल फर्काए ।

यस जितसँगै श्री भगवतीले ९ खेलमा ९ अंक जोडेको छ । झम्सिखेल ९ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्