Logo
Logo

नेपाल-पाकिस्तान सिधा उडानको पहल सुरू


दृष्टि संवाददाता


काठमाडौं । नेपाल र पाकिस्तानबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा हवाई उडानका लागि पहल थालेका हुन् ।

उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका छन् ।

दूतावासका अनुसार मलिकसँगको भेटमा दुबै देशको पर्यटन, ब्यापार, लगानी र नागरिकबिचको सम्पर्क बढाउन सिधा हवाई सम्पर्क आवश्यक रहेको बिषयमा छलफल भएको थियो । नेपाल र पाकिस्तानबीच पुरानो दौत्य सम्बन्ध रहेको छ ।

नेपालको नजिकको छिमेकी भएरपनि सिधा हवाई सम्पर्क नहुँदा ब्यापार, अध्ययन र सरकारी कर्मचारीहरुले समस्या भोगिरहेका छन् । पाकिस्तानले पीआइएले नेपालमा गरिरहेको उडान घाटामा गएपछि सेवा बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्