Logo
Logo

नेपाल बैंकमा झण्डै दुई सय जनालाई खुल्यो जागिर


दृष्टि संवाददाता


काठमाडौं । नेपाल बैंक लिमिटेडमा जागिर खुलेको छ । बैंकले आज अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गर्दै झण्डै दुई सय जनाका लागि जागिर खुलाएको हो ।

बैंकले लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको जनाएको छ ।

बैंकले आजदेखि अनलाइन दरखास्त भर्न आह्वान गरेको छ। चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय रहेको छ ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको हो । बैंकले यसबारे आजको गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको छ ।

स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो। दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ।

सुचनामा उल्लेख गरे अनुसार तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

नेपाल बैंक लिमिटेडको वेवसाइटमा www.nepalbank.com.np मा गएर फारम भर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्