Logo
Logo

वार्तापछि विप्लवको पहिलो फोटो सार्वजनिक, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै


दृष्टि संवाददाता


काठमाडौं । सरकारसँगको सहमतिपछि आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा खुल्ला राजनीतिमा आएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्तरुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नवलपरासीमा काठमाडौंका लागि विप्लवलाई विदाई गर्दै कार्यकर्ता

कार्यक्रममा सहभागी हुन विप्लव नवलपरासीबाट काठमाडौं आउन लागेकाछन् । विहान ३ बजे पूर्वी नवलपरासी आइपुगेका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं प्रस्थान गरे । उनलाई त्यहाँ उनी निकट कार्यकर्ताहरुले विदाइ गरेका थिए ।

काठमाडौं आए लगतै उनी २ बजे राष्ट्रियसभा गृहमा हुने घोषणासभा कार्यक्रममा सहभागी हुने छन् ।

प्रतिक्रिया दिनुहोस्