Logo
Logo

रिहा हुन थाले विप्लवका नेता–कार्यकर्ता


दृष्टि संवाददाता


काठमाडौं । सरकार विप्वल समुहबीच तीन बुँदे सहमति भएसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ताहरुलाई रिहा थर्न थालिएको छ ।

काभ्रेबाट नेकपा नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार बिहान रिहा भएका छन् । उनलाई श्रीमतीको जिम्मा लगाइएको बताइउको छ ।

गृहमन्त्रालयले बिहीबार साँझ नै शुक्रबारसम्म सबै नेता कार्यकर्ताहरुलाई रिहा गर्न देशभर सर्कुलर जारी गरेको छ । मन्त्रिपरिषद्को बैठकले बिहीबार साँझ नै विप्लव समुहमाथि लगाएको प्रतिबन्ध हटाईसकेको छ ।

‘विप्लव’ समूहका १ सय ४४ जना नेता–कार्यकर्ता अहिले जेल र हिरासतमा रहेको बताइएको छ । सरकार र विप्लव समुहबीच भएको तीन बुँदे सहमतिको एउटा बुँदामा ‘सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी ।’ लेखिएको छ ।

सरकारले प्रतिबन्ध लगाएपछि २ हजार ९८ जना विप्लवका नेता कार्यकर्तालाई प्रहरीले पक्रेको थियो । तीमध्ये, अहिले १ सय २६ नेता जेलमा र १८ जना प्रहरीको हिरासतमा थुनिएका छन् । उनीहरुलाई सरकारले प्रक्रिया पुरा गरेर रिहा गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्