Logo
Logo

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सुरु


दृष्टि संवाददाता


काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सुरु भएको छ । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको हो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका विप्लव समूहका महासचिव विप्लवसहितका नेताहरुको सहभागिता रहेको छ । समारोहलाई प्रधानमन्त्री केपी ओली र विद्रोही विप्लवलगायतले सम्बोधन गर्नेछन् ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीस्न बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्