Logo
Logo

तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’ सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक–२०७७’ सम्पन्न भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा बुधबारदेखि सुरु भएको बैठक शुक्रबार सकिएको हो ।

बैठकमा सात प्रदेशका सात पृतना प्रमुख र उपत्यका पृतनाका पृतना प्रमुखसहित ८ र मुख्यालयका विभिन्न विभाग र महानिर्देशनालयका प्रमुखहरु बीच आन्तरिक तथा बाह्य सुरक्षाको निगरानी र विश्लेषण, हरेक पृतनाहरुले गरिरहेका क्रियाकलाप र अगामी कार्यदिशाको सम्बन्धमा छलफल भएको सेनाले जनाएको छ ।

समारोहमा समापन मन्तव्य राख्दै प्रधानसेनापति पुर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा नेपाली सेनाले भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताए । बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरुको प्रभावकारी कार्यान्वयनको लागि सेनापति थापाले निर्देशन पनि दिए ।

उनले यो समन्वयात्मक बैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भइरहेका कार्यहरुको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दिगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्