Logo
Logo

शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारीमाथि सातदाेबाटाेकाे सहज जित


दृष्टि संवाददाता


काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले बाँसबारीमाथि सहज जित निकालेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सातदोबाटोले बाँसबारीलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोलाई सहज जित दिलाउनको लागि अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले समान एक एक गोल गरे । सातदोबाटोले एक गोल भने उपहार पाएको थियो ।

खेलको १९ औं मिनेटमा अशिमको गोलबाट सातदोबाटोले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सातदोबाटोले २–० को अग्रता लिएको थियो ।

खेलको ५४ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोको अग्रता तेब्बर बनाएका थिए । खेलको ६३ औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४–० ले अघि रह्यो । खेलको ७९ औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपनि सातदोबाटोले ४–१ को सहज जित निकाल्यो ।

जितसँगै सातदोबाटोले उपाधि होड बलियो बनाएको छ । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्