Logo
Logo

आधिकारिकता छिटो टुंग्याउन प्रचण्ड–माधव समूहको निर्वाचन आयोगलाई पत्र


दृष्टि संवाददाता


काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहले नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रबार निर्वाचन आयोगलाई अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले लेखेको पाँच पृष्ठ लामो पत्र आयोगलाई बुझाएर आधिकारिकता विवाद अविलम्ब निरुपण गर्न आग्रह गरेको हो ।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए ।

पत्र बुझ्दै जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएका थिए ।

प्रतिनिधिसभा विघटनसँगै राजनीतिक रूपमा विभाजन भएको नेकपा कानुनी रूपमा भने विभाजित भएको छैन ।

विभाजनले कानुनी मान्यता नपाउँदा २ दिनपछि शुरू हुने संसद बैठकलगायतका अन्य गतिविधिमा अन्योल सिर्जना भएपछि प्रचण्ड–माधव पक्षले आयोगमा ताकेता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्