Logo
Logo

भारतमा भ्यानलाई ट्रकले ठक्कर दिँदा चार नेपालीकाे मृत्यु


दृष्टि संवाददाता


नयाँदिल्ली । भारतमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ ।

ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति मुम्बईबाट नेपालतर्फ गइरहेको ओम्नी भ्यानलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको हो । उक्त भ्यानमा ११ जना नेपाली सवार थिए ।

दुर्घटनामा भ्यान चालक तिलक जिसी, काला रावल, सुजा रावल र टोपे रावलको मृत्यु भएको छ । मृत्यु हुने काला, सुजा र टोपे एकै परिवार हुन् । कालाका अर्का छोरा प्रकाश पनि घाइते छन् ।

भ्यानमा सवार अन्य सात जना पनि घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा तीन पुरुष र एक महिला रहेका छन् । ठक्कर दिने ट्रकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्