काठमाडौं । शनिबारदेखि मेयर कप क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।
शनिबार देखि कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा मेयर कप क्रिकेट सुरु हुने भएको हो । ५० ओभरको प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा खेलाई आयोजको भनाइ छ ।
शीर्ष दुई टिमले फाइनल खेल्ने प्रतियोगिता फागुन २९ गते सम्पन्न हुने काठमाडौ महानपालिकाका सामाजिक विकास विभाग प्रमुख दिप अधिकारीले जानकारी दिए ।
पाँच टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने भनाइ छ ।