Logo
Logo

विप्लवले हतियार बुझाएर हिंसाको राजनीति छाेडेको घोषणा गर्नुपर्छ : कमल थापा


दृष्टि संवाददाता


रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् ।

शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट पत्रकारको संगठन ‘मिडिया नेपाल’को प्रथम राष्ट्रिय भेलामा बोल्दै थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले राप्रापासहित सबै शक्तिबीच सर्वपक्षीय गोलमेच सम्मेलन गरी सधैका लागि स्थायी व्यवस्था कायम गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी भएर बाच्न गाह्रो हुने बताउँदै देशी र विदेशी शक्तिहरु राष्ट्रवादीहरुलाई देख्न पनि नचाहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्