Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएकोदेखि खाने तेलको मूल्य बढेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेत्र विक्रम चन्द नेतृत्वको नेकपा समूहले आधिकारिक रूपमै आयो शान्तिपूर्ण राजनीतिमा, सरकार र विप्लवसमूहबीच भएको सहमति अनुसार विप्लव तीन वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए, दबाबमा नभई सहमतिका आधारमा शान्तिपूर्ण राजनीतिमा ल्याएको प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, सरकारसँग भएको सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको महासचिव चन्दको भनाइ ।

२. नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको संसदीय दलको बैठकबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल संसदीय दलको नेता चयन, ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको समूहको बैठकद्वारा दाहाल नेतामा चयन, १ सय १४ जना सांसदले दाहाललाई नेता बनाउन हस्ताक्षर गरिएको दावी ।

३. नेकपा प्रचण्ड–माधव समूहद्वारा नेकपाको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह, अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र आयोगलाई बुझाइयो, आइतबार बस्ने बैठकले विवाद निरुपणको पक्रिया सुरु गर्ने आयोगको आश्वासन ।

४. प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको तयारी, ओलीले राजीनामा नदिएका अविश्वासको प्रस्ताव दायर गर्न बाध्य पारिरहेको प्रचण्डको निष्कर्ष, प्रधानमन्त्रीको उम्मेद्वारबारे छलफल भइरहेको भनाइ ।

५. सरकारमा जाने÷नजाने विषयमा नेपाली कांग्रेसको संसदीय दलको बैठक अनिर्णित, ओलीलाई कुनै पनि हालतमा साथ दिन नसकिनेमा सांसदहरूको एक मत, सरकारमा जाने विषयमा सोच्नुपर्ने नेतृत्वलाई राय, अविश्वासको प्रस्तावबारे उचित समयमा निर्णय लिइने प्रमुख सचेतक खाँणद्वारा जानकारी ।

६. प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेकपा उपाध्यक्ष बामदेव गौतमसँग भेट, भैसेपाटी पुगेर गौतमको स्वास्थ्य स्थितिबारे लिए जानकारी, घरभित्रै लडेका गौतमको स्वास्थ्य अवस्था बुझ्न मात्रै भेटघाट भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाद्वारा जानकारी, नेकपा भित्र विवाद बढीरहँदा भएको भेटलाई राजनीतिक वृत्तले भने जनायो संशय ।

७. साताभरिमा खाने तेल र ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो, दुई साताअघि घटेको सोयाबिनको तेलको भाउ प्रतिलिटरमा पुनः १५ रुपैयाँसम्मले बढेर २ सय १५ पुग्यो, मासुको भाउ २ सय ९० कायम ।

८. १२ दिनमा करिब ७० हजार अनलाईन प्रयोगकर्ता बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) द्वारा जानकारी, अनलाइन कारोबारको लागि युजर र पासवर्ड लिनेको संख्या ६९ हजार ९२ ले बढेको तथ्यांक सार्वजनिक, ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा पाँच घण्टामा झण्डै डेढ लाखले दिए आवेदन ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा सातदोबाटो र मध्यपुर विजयी, सातदोबाटोद्वारा बाँसबारी चारका विरुद्ध एक गोल अन्तरले पराजित, मध्यपुरले पुल्चोक स्पोर्ट्स क्लबलाई तीनका विरुद्ध दुईका गोल अन्तरले पराजित, राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर–११ को कप्तानी गर्ने ।

१०.र, चीनद्वारा सन् २०२१ मा ६ प्रतिशत बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सार्वजनिक, थप १ करोड १० लाख सहरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको घोषणा, टर्कीमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु, दुई जना घाइते, स्वीडेनमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा सात जना गम्भीर घाइते, ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी ।

प्रतिक्रिया दिनुहोस्