Logo
Logo

शाहरुख र अक्षय यसकारण एकसाथ काम गर्दैनन्


दृष्टि संवाददाता


बलिउड । बलिउडमा सुपरस्टार शाहरुख खान र अक्षय कुमारले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरेका छैनन् ।

शाहरुख खान आफैले यसको एउटा कारण खुलाएका हुन् । शाहरुख खानले अक्षयसँग काम नगर्नुको कारण एक अर्काको जीवनशैली भएको एक अन्तरवार्तामा बताएका थिए । उनले अक्षय र आफ्नो जीवनशैली बिलकुलै फरक भएको बताएका थिए ।

शाहरुख खानका अनुसार अक्षय बिहान एकदमै छिट्टो उठ्ने र उनलाई राति अबेरसम्म शुटिङ गर्न मन नपर्ने र शाहरुख खानको सुत्ने समयमा अक्षयको उठ्ने समय हुने पनि उल्लेख गरेका हुन् । तर, शाहरुख खान अक्षय कुमारसँग काम गर्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्